Thursday, December 16, 2010

Myself in Cinema; New taste in life




Being a cinema's hero in a no longer a dream for me. I tried and finally did it. Now, waiting for the movie to be released. Nowaday, I even started thinking-- 'Am I a journalist or a actor?'  But the answer will only be decided by general people withing few months to come.


Pictures By:: Bechu Gaund
                   on ekantipur and The Kathmandu Post  

Related Post:

KB Rana; Journalist Turns a Cinema Hero

 

Tuesday, December 14, 2010

गाउंको माया छयांङ्कन सकियो

नवलपरासी,१८कात्तिक

मगर संस्कृतिमा आधारित मगर कथानक चलचित्र गाउ“को माया (ला“ङ्घौ रोह)का छयाङ्कन पुरा भएको छ । एक महिनासम्म छयााङ्कन भएको उक्त चलचित्र  पुस महिना भित्रमा बजारमा आउने फिल्म निर्माता चेतन रजालीले जानकारी दिनुभएको छ ।
फिल्म नवलपरासीको पर्यटकीय क्ष्ँेत्र देवचुली डा“डा, राईकोट, धौवादी, जौवारी, भारतीपुर, बुलि¨टार, डा“डाझेरी, अर्खला, स्या¨जा, तनहु“, पाल्पा आसपास क्षेत्रमा छयाङ्कन गरिएको छ । पर्यटन वर्ष २०११लाई सफल पार्न देवचुली डा“डा पर्यटन क्ष्ँेत्रको प्रचार–प्रसार गर्नुका साथै मगर बस्तीमा सांस्कृतिक पर्यटन प्रवद्र्वनमा टेवा पु–याउने हेतुले सो ठाउ“मा फिल्म छयाङ्कन गरिएको निर्माता रजालीको भनाई छ । 
फिल्मको कथावस्तुले नेपाली स्वाभिमानलाई झल्काउन खोजिएको छ । रोजगारीका लागि विदेशिएका युवाहरुलाई स्वदेशमै रहेर आफ्नो देश र गाउ“का निम्ति पसिना बगाएमा नेपालको विकासमा कायापलट हुन समय नलाग्ने सन्देश दिन खोजिएको छ । फिल्म निर्देशक छवि राना मगरका अनुसार नेपाली युवाहरु बुद्वि, बल, बैश हुंदासम्म विदेशमा श्रम बगाउने र बुढेशकाल वा अशक्त, अपा¨ भएपछि स्वदेश फर्किने प्रचलन बढ्दै गएकोले यो सस्कार तत्काल रोक्नुपर्ने सन्देश फिल्मको कथावस्तु झल्काउन खोजिएको छ । 

के बी राना मगर र इन्दिरा थापा मगर ।


फिल्मका नायक के बी राना मगरले राष्ट्र निर्माणका लागि नेपाली युवा श्रम, शक्ति स्वदेशमै लगाउन उत्प्रेरित गर्न स्वाभिमानी नेपाली युवाको भुमिकालाई दरिलो ढङ्गले प्रस्तुत गरेका छन् । रानाको स्वदेशी स्वाभिमानी भावानाले गाउ“का अन्य युवाहरु समेत प्रभावित भएर समाज निर्माणप्रति उत्साहित भएको ज्वालन्त उदाहरण समेत प्रस्तुत छ । यसैगरि बढ्दो आधुनीकिकरण संगैं लोप हुन लागेका मगर संस्कार संस्कृतिलाई जोगाउन समेत कथा बस्तु समेटेको छ ।
फिल्मका नायक रानाले गाउ“को माया गरेको भावानाबाट प्रभावित भई स्थानीय युवाहरु समेत गाउ“ विकास प्रति समर्पित भाएको पाईन्छ । सोही क्रममा स्थानीय युवाहरुको अगुवाई गर्ने सक्रिय महिला नेतृको भूमिकालाई नायिका इन्दिरा थापा मगरले निभाएकी छिन् । टिपिकल मगर भेषभुषा, मगर रहन–सहन, रितिरिवाज भाषा, संस्कारलाई प्रस्तुत गरिएकाले अन्य मगर फिल्मको तुलनामा लोकप्रियता पाउने निर्माता रजालीको दावी छ । फिल्ममा मगर समुदायको चर्चित ना“च सोरठी, घा“टु, झ्याउरे, कौरा र युवा पुस्ताका लागि लोक पप गीत समावेश गरिएको छ । गीत संगीत तथा लेखन चेतन रजाली र स्वर के बी राना मगर, निशा राना मगर र चेतन रजालीले दिनुभएको छ ।
मगर भाषाको फिल्म भएता पनि वार्तालापहरु नेपालीमा समेत उल्था गरिने भएकाले गैर मगर समुदायले हेर्न सकिने जनाएको छ । फिल्ममा नृत्य निर्देशन भाईराम श्रेष्ठ र छयाङ्कन सन्तोष पिठाकोटे मगरले गर्नुभएको छ । फिल्ममा दुर्गा बहादुर राना मगर, मदन थापा, संगीता थापा, निशा राना, मनु ढेंगा, शुब्बा सिंजाली, इन्दिरा फाल, फुल कुमारी पुर्जा, कोट बहादुर वाचे, भुपाल लु¨ेली, तोप बहादुर सुस्लि¨, खेम राना, अनिल थापा मगर पवित्र सुस्लि¨, ममता सारु मगर लगायतको अभिनय रहेको छ ।
 रजाली फिल्मस प्रालिको यो फिल्म दाश्रो प्रस्तुति हो । यस भन्दा अगाडी ङउ कर्म (मेरो कर्म ) फिल्मले सर्वाधिक चर्चा कमाएपछि त्यसैको दोश्रो प्रस्तुति गाउ“को माया निर्माण गरिएको हो । गाउ“को माया फिल्म प्रदर्शनसंगै ङउ कर्मलाई भिसीडीमा बजारमा ल्याउने तयारी भईरहेको निर्माता चेतन रजालीकोे भनाई छ । 

अर्खलाबासी फिल्म छयाङ्कन हेर्न व्यस्त 
नवलपरासीका पहाडी भेगमा पर्ने अर्खलामा पहिलो पटक फिल्म छयाङ्कन भएपछि दर्शक सर्वसाधरणहरुको ठुलो भिड लागेको थियो । विहान देखि राती सम्म फिल्म छयाङ्कन क्रममा स्थानीय सर्वसाधरणहरुको भिडलाई हटाउन समेत फिल्म युनिटलाई हम्मे–हम्मे पथ्र्यो । फिल्म निर्माणको क्रममा स्थानीय देवचुली युवा ल्कब र अर्खलाका विभिन्न संघ–संस्थाहरुले सघाएका थिए ।  गाउ“को माया फिल्म टोली गाउ“मा पुग्दा फुलमाला सहित बधाई गरेर स्वागत गरेका थिए भने विदाई पनि त्यसरी नै धुमधाम सहित गरेका थिए । फिल्मका कलाकार र स्थानीय बासी विच फिल्म छयाङ्कनको क्रममा भएको मित्रताले भने छुट्नेबेलामा रुवाबासी नै भएको थियो ।

तीनतले जिल्लाका बालक्लबसँग जोडिएका तीन कुरा

This article was originally published on Baal Indreni Child Magazine
केबी रानामगर

बालक्लबको बिकासक्रम बालबालिकाको क्षेत्रमा नेपालमा भएको प्रगतिको एउटा उत्कृष्ट उदहारण हो । अझ नवलपरासी यसमा पछी पर्ने त सवाल नै भएन । तीन तले जिल्लाका तीन फरक आर्थिक, सामाजिक र भौगोलिक परिवेशका बिच यो जिल्ला देशभरमै बालक्लबको लागि उदहारण्ीाय जिल्ला बन्यो । यहाँका बालक्लबहरुका सफलताका कथा देश भित्र र बाहिर उक्तिकै ममनिय कार्यका रुपमा लिइन्छ । कतिले त नवलपरासी त्यसै भएर होला, बालक्लबको राजधानी पनि भन्न भ्याए । सायद भएरै होला । नेपालमै बालक्लबको उद्यगम जिल्ला भएकोले पनि यसको बेग्लै महत्व छ । नवलपरासीमा पछिल्लो एक दशक लामो बालक्लबसँगको अनुभव मेरा निम्ति निकै रमाइलो र उत्साहप्रद रह्यो । एउटा बिकट गाउँको बालक्लबबाट बाल अधिकार प्राप्तीको लागि चालेको कदम पछी जिल्ला स्तरीय बाल क्लब नेटवर्कमार्फत नीति निर्माण तहसम्म पुग्दा बालक्लब मेरा लागि जिवनको एउटा महत्वपूर्ण सारथी बनेको अनुभव हुन्छ । यस आलेखमा बालक्लबसँग जोडिएका तीन सवालको उत्तर दिन खोज्दैछु । उत्तर परिक्षामा सधै सही नहुन पनि सक्छ । त्यो त परिक्षार्थिको बुझाई मात्र हो । तर उत्तर नै दिन नखोज्नु मूर्खता हो । म यहाँ त्यही उत्तर दिँदैछु, जो मेरो मानसपटलले बुझ्यो ।

Monday, December 13, 2010

सुस्ताको सुस्केरा

This feature was originally published at NEPAL magazine. Click here for it's online view


केबी राना/सुस्ता

छाप्रो भए पनि घर, थोरै भए पनि जग्गा आफ्नो हो तर न घर न त जग्गाको नै धनी प्रमाणपत्र छ । उनीहरू नेपाली नागरकि हुन् तर नागरकिता छैन । नेपाली भूमिमा बस्छन् तर भारतीय पक्षको ज्यादतीबाट आक्रान्त छन् । खेत आफ्नो हो तर खेती गर्छन् छिमेकी भारतीयहरू । यो व्यथा सुरु हुन्छ, भारतको विहार राज्यसँग सीमा जोडिएको नवलपरासीको एउटा सानो गाउँ सुस्ताबाट । अभावैअभाव र आफ्नो भूमिमाथि अतिक्रमणको दोहोरो पीडा नै सुस्ताबासीको जीवनशैली बन्न पुगेको छ ।

टाउको दुख्दा सिटामोलसमेत पाउँदैनन् सुस्ताबासी । उपचार र किनमेलका लागि नजिकैको भारतीय बजारमा जाने गरेका सुस्ताबासीलाई सीमा विवाद चर्किएका बेला बजार आउन दिँदैनन्, भारतका सीमा प्रहरीहरू । स्वदेश अर्थात् परासी, बुटवल वा चितवन आएर उपचार गराउन एकदिनमा पनि भ्याइँदैन । जसले गर्दा कैयौँले अकालमै ज्यान गुमाउनुपरेको छ । गतवर्ष स्वास्थ्यमन्त्री सुस्ता पुग्दा तत्काल उपस्वास्थ्यचौकी स्थापना गर्ने आश्वासन दिए तर ती आश्वासनमै सीमित रहे ।

उपचार मात्र होइन, दैनिक उपभोग्य वस्तु किन्न पनि भारतीय बजार पुग्नुपर्छ । नजिकैको नेपाली बजार त्रिवेणी वा परासी पुग्नका लागि नारायणी नदी पार गर्न डुंगा एक मात्र साधन हो । त्यसमाथि पनि भनेको बेला डुंगा नपाइने र घन्टौँ कुर्नुपर्ने बाध्यता छँदैछ । वषर्ायाममा त ज्यानको बाजी नै थापेर डंुगा चढ्नुपर्ने बाध्यता छ सुस्ताबासीलाई । यति मात्र होइन, सुस्ताबासी शिक्षाबाट समेत वञ्चित छन् । न त राम्रो विद्यालय छ, न त शिक्षकको दरबन्दी नै । त्यसमाथि टापुजस्तो सुस्ताका विद्यार्थीका लागि नारायणी नदी पार गरेर विद्यालय धाउनुपर्ने बाध्यता । यही बाध्यताका कारण पनि धेरै विद्यार्थीले बीचमै अध्ययन छाड्ने गरेका छन् ।

गाउँको फेसन

This is the e-paper of the feature from KANTIPUR'S koseli I did together with Pradeep Bashyal

बालक्लबले जन्माएको पत्रकार केबी राना

( केबी राना, २१ नवलपरासीमा बालक्लबको लागि एउटा आफै उदहारण हो । बिकट पहाडी गाबिस रुचाङ्गमा जन्मिएर नमुना बाल समूहको अध्यक्ष, बालसमूह जिल्ला समन्वय समितिको संस्थापक सचिव हुँदै अहिले कान्तिपुर टेलिभिजको पत्रकार बन्दासम्मको एउटा संघर्षपूर्ण जीवनको अनुभव छ । बाल सिर्जना बाल पत्रिकाबाट आफ्नो पत्रकारिताको यात्रा शुरु गरेका रानाले तीन बर्ष उषा बालपत्रिकाको कार्यकारी सम्पादक भएर काम गरे । अहिले उनी टेलिभिजनका अतिरिक्त रेडियो नेपालका समाचारदाता र मध्यबिन्दू एफएफका निर्देशकको रुपमा काम गरिरहेका छन् । एउटा समय थियो, जतिखेर रानासँग बिहान खाना खाएपछी साँझको छाक टार्ने समस्या प¥थ्यो । तर अहिले बिहान उठेदेखि राती नसुतेसम्म उनको ब्यस्त दिनचर्या छ । २ भाइ र १ बहिनीलाई अहिले उनी आफ्नै खर्चमा पढाइरहेका छन् । एउटा पत्रकारसँग चाहिने मोटरसाइकल, कम्प्युटर, भिडियो क्यामेरा, डिजीटल क्यामेरा, सुश्म रेकर्डर उनी अहिले सबै बोकेर हिड्छन् । नेपाल प्रेश युनियनका पूर्व सभापति बिष्णु लामिछाने भन्नुहुन्छ “बालक्लबको उत्पादन केबी एउटा आइडियन जर्नालिस्ट हो ।” बालक्लबसँग जोडिएका रानाका केही सम्झना प्रदीप बस्याललाई बाताएअनुसार उनकै शब्दमा...............) 

मेरो घर नवलपरासीको दुर्गम रुचाङ्ग गाविस वडा नं ४ मा पर्छ । मैले नमुना बाल समुह बाट आफ्नो बालक्लबको यात्रा शुरु गरेको हुँ । मेरो बाल्यकालकोसपना विरामीको सेवा गर्ने थियो । तर समयको परिवर्तनसंगै आज पत्रकारीता क्षेत्रमा आईपुगेको छु । सायद मैले बाल्यअवश्थामा गाउँमा रहँदा लामाभन्दा सम्मानित पेसा अरु नदेखेर पनि होला लामा बन्ने लक्ष्य लिएको । १५ वर्ष अगाडी गाउँमा डाक्टर हुन्थेनन् । विरामीलाई लामा धामीलाई झारफुक गर्नेभन्दा अरु विकल्प थिएन । एक दिन म पढने श्री लोकप्रिय निमाविको वार्षिक नतिजा प्रकाशन गर्ने कार्यक्रम थियो । सोही कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष धन बहादुर मिधुनले तिमीहरु लामा र हली बन्ने सपना नदेख धरै पढेर विद्धान, डाक्टर, मास्टर बन्नुपर्छ भन्नुभयो । म त अलमल्लमा परे । घर फर्के पछि आमासंग सोधे किन होला लामा र हली नबन्नु भनेको ? आमाले भन्नुभयो डाक्टर, शिक्षकजस्तो सम्मानित पेशा लामा र कृषक होइन । ८१ प्रतिशत कृषिमा आश्रृत देशमा कृषक नबन्नु भन्ने शव्दले खुव पोलेको थियो । बाल्यकाल देखि नै कुनै पनि नयाँ कुरालाई गहिरिएर बुझ्न खोज्ने जिज्ञासु स्वभाव थियो मेरो । २०५४ सालमा एक्सनएड नेपाल नामक संस्थाले मेरो गांउमा बाल क्लबको अवधारणा ल्यायो । त्यतीखेर बाल क्लवमा बसेपछि खेलकुद, नाचगानमा सहभागी हुन पाइन्छ भन्ने कुरा मैले थाहा पाएको थिए । पछि विभिन्न तालिम, गोष्ठी ,सभा, समारोहमा हिँडन थालेपछि बाल अधिकारका कुराहरुको बारेमा सिक्ने अवसर पाएँ । मलाई अनुभव भयो, मेरो गाउँमा चरम रुपमा बाल अधिकार हननका घटनाहरु भएका छन् । बालविवाह, अशिक्षा ,बालश्रम शोषण, अन्धविश्वास र रुढीबादी परम्परागत मान्यताले जकडिएको मेरो समाज । त्यसैले बाल क्लबलाई संगठीत बनाएर ती समस्याहरुको चिरफार गर्ने प्रण गरेँ । हामीले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नथाल्यौ । शुरुमा विश्वास नगर्ने अभिभावकहरुले पनि बालबालिकाहरुको कृयाकलापबाट निकै प्रभावित भएर सहयोग गर्न थाले । शुरुमा बाल अधिकारको कार्यान्वयनको कुरा गर्दा फलामको चिउरा चपाउन भन्दा पनि कठिन थियो । तर हामी हरेस खाएनौं । बाल क्लबमा रहेर करिव एक दशक विताउंदा जति मैले समाजको सेवा गरें त्यो भन्दा बढी व्यक्तिगत फाईदा पनि हासील गरेको महशुस भएको छ । बालबालिकाको चौतर्फी विकास गर्ने कडी नै बाल क्लब हो भन्ने मेरो बुझाई छ ।

Followers