This article was originally published on Baal Indreni Child Magazine
केबी रानामगर
बालक्लबको बिकासक्रम बालबालिकाको क्षेत्रमा नेपालमा भएको प्रगतिको एउटा उत्कृष्ट उदहारण हो । अझ नवलपरासी यसमा पछी पर्ने त सवाल नै भएन । तीन तले जिल्लाका तीन फरक आर्थिक, सामाजिक र भौगोलिक परिवेशका बिच यो जिल्ला देशभरमै बालक्लबको लागि उदहारण्ीाय जिल्ला बन्यो । यहाँका बालक्लबहरुका सफलताका कथा देश भित्र र बाहिर उक्तिकै ममनिय कार्यका रुपमा लिइन्छ । कतिले त नवलपरासी त्यसै भएर होला, बालक्लबको राजधानी पनि भन्न भ्याए । सायद भएरै होला । नेपालमै बालक्लबको उद्यगम जिल्ला भएकोले पनि यसको बेग्लै महत्व छ । नवलपरासीमा पछिल्लो एक दशक लामो बालक्लबसँगको अनुभव मेरा निम्ति निकै रमाइलो र उत्साहप्रद रह्यो । एउटा बिकट गाउँको बालक्लबबाट बाल अधिकार प्राप्तीको लागि चालेको कदम पछी जिल्ला स्तरीय बाल क्लब नेटवर्कमार्फत नीति निर्माण तहसम्म पुग्दा बालक्लब मेरा लागि जिवनको एउटा महत्वपूर्ण सारथी बनेको अनुभव हुन्छ । यस आलेखमा बालक्लबसँग जोडिएका तीन सवालको उत्तर दिन खोज्दैछु । उत्तर परिक्षामा सधै सही नहुन पनि सक्छ । त्यो त परिक्षार्थिको बुझाई मात्र हो । तर उत्तर नै दिन नखोज्नु मूर्खता हो । म यहाँ त्यही उत्तर दिँदैछु, जो मेरो मानसपटलले बुझ्यो ।
तीन सारथी
बाहिरबाट देख्नेले नवलपरासीमा बालक्लबले मारेको यो फड्कोलाई सामान्य रुपमा लिएका होलान् । तर यसमा धेरैको ठूलो मिहिनेत र त्याग मिसिएको छ । बालक्लबका सदस्यहरुको लगनशीलता र मिहीनेतले त यसमा ठूलो अर्थ राख्छ नै । तर अन्य तमाम बयस्यक महानुभावबाट यहाँ तीन प्रमुखलाई बालक्लब हाँक्ने सारथीको रुपमा लिएको छु । खगेन्द्रप्रसाद बस्याल, अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा शाखा अधिकृत हुनुहुन्छ । तर पछिल्लो झण्डै एक दशक नवलपरासीमा बिताउँदा वहाँले चालेको अग्रशरताले बालक्लबलाई नवलपरासीमा आजको स्थानसम्म ल्याउन सकेको हो । जिवाकसको सदस्य त वहाँको लागि एउटा सानो पद थियो । बालक्लबका सदस्यहरुले केही जानकारी लिनुपर्दा सम्पर्क गर्ने वहाँ एक्लो बिकल्प हुनुहुन्थ्यो । छुनामुना बाल पत्रिका त वहाँले नवलपरासी छाडेपछी प्रकाशन नै हुन छाड्यो भने जिवाकस पनि पहिलेजस्तो बालक्लब मितवेयी हुन नसकेको बालबालिकाहरु बताउँछन् । बालसमूह जिल्ला समन्वय समितिको, उषा बालपत्रिका, जिल्ला बाल भेला जस्ता लोकप्रिय कार्यक्रम वहाँकै अवधारणाको उपज थियो । शुरवीर स्थापित, अहिले हिमालयन सामुदायिक बिकास मंच –हिकोडेफ) को प्रमुख हुनुहुन्छ । तर बिकट पहाडी जिल्लाका बालक्लबहरुको गतिविधि प्रर्बद्र्धन गर्न र जिल्लास्तरीय मूलप्रवाहमा ल्याउन वहाँको योगदान प्रमुख छ । माथिल्ला १२ वटा गाबिसमा बालक्लबहरुको स्थापना र साँगठनीक स्वरुप बिस्तारमा वहाँको प्रमुख भूमिका छ । बालक्लब नेटवर्कको कार्यसँचालन अवधारणा निर्माण गर्नुमा समेत वहाँको योगदानले पु¥याएको सहयोगले अहम काम गरेको छ । तिलोत्तम पौडेल, अहिले बालअधिकारकर्मीको रुपमा राजधानीमा हुनुहुन्छ । नेपालकै पहिलो बालक्लबको अध्यक्ष भएरै पनि होला वहाँको बालक्लबसँगको सम्बन्ध निकै लामो रह्यो र अझै छ पनि । पछिल्लोपटक लामो समय राजधानीमा रहेर पनि वहाँले यहाँका बालक्लबका गतिविधि राष्ट्रिय छापामा ल्याउन र बालक्लबबारे देशभरमै नियमित बहस चलाउन महत्वूर्ण भूमिका निर्वाह गर्नुभयो । बालक्लबको दर्ता प्रकृया अन्यको जस्तो सहज हुनुपर्ने भन्ने र अन्तर्राष्ट्रिय कानुनसँग बाँझिने राष्ट्रिय कानुनका बिरुद्ध सवोच्चसम्म पुगे् बिजयी हुनु बालक्लबकै क्षेत्रमा ठूलो बिजय थियो ।
त्यसका साथसाथै बिष्णु लामिछाने, कैलाश ठाकुर, संजय शर्मा, मुन्नामिया सिद्धिकी, शालिकराम पाण्डे लगायतका धेरै महानुभावहरुप्रति बालक्लब जगत सधै आभारी छ ।
तीन बालपत्रिका
नवलपरासीकै पहिलो बालपत्रिका छुनामुना खगेन्द्रप्रसाद बस्यालले नवलपरासी छाडेसँगै बन्द भएता पनि बालबालिकाकै प्रयासमा निस्कने उषा, बाल सिर्जना र बाल इन्द्रेणी बालपत्रिका अझै प्रकाशनमै छन् । उषा अहिले आठौँ अंक निस्कने तयारीमा छ, बालइन्द्रेणीको यो छैठौँ अंक हो भने बाल सिर्जना दशौ अंकसम्म प्रकासनमा आइसकेको छ । बाल पत्रिकाको यो धरातल निर्माण गर्नमा बालक्लबका पूर्व नेताहरु बिद्रोही गिरी, प्रदीप बस्याल, केबी राना, सुधन गहतराज, गीता शर्मा, आशिष भूर्तेल लगायतका धेरै ब्यक्तिहरुको निरन्तर मिहीनेत जोडिएको छ । यी पत्रिका प्रकाशन गर्ने जमातको अधिकांश समूहले अझै पनि बाल पत्रकारिता तालिम पाएको छैन । अतः फस्टाउँदो बालपत्रकारिताको यो लहरलाई दिगो राख्न सम्बनधीत निकायको चासो हुनु जरुरी छ ।
तीन सुझाव
बालक्लबको यस्तो उर्भर भूमिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नमूना केन्द्रको रुपमा लैजान तीन अनुभवले देखाएका सुझाव प्रस्तुत गरेको छु । बाल क्लबका सम्पूर्ण जानकारीसहित बालभित्तेपत्रिकाहरु, बालपत्रिकाहरु, बिभिन्न सफलताका कथाहरु, जस्ता सम्पूर्ण कामहरुको झल्को दिने बालक्लब सूचना केन्द्र निर्माण गर्नुपर्ने देखिन्छ । जसको लागि बाल समूह नेटवर्कको समन्वयमा जिवाकसको निर्माणाधिन भवनमा केही कोठाहरु त्यसका लागि छुट्याउनुपर्ने देखिन्छ । साथै बालक्लबका बिगतदेखिका कार्यहरुको कम्प्युटराइज दस्तावेजीकरण राख्नुपर्छ । र मिलेसम्म त्यही सूचनाकेन्द्रको मातहतमा रहने गरी नवलपरासीका बालक्लबहरुबारे अनलाइन वेभसाइट बनाउनुपर्ने देखिन्छ । त्यसैगरी बालसमूहरुमा देखिएको पुस्ता हस्तानतरणको बढ्दो समस्यालाई हटाउन बिभिन्न ठाउँका बिद्यालय र स्थानिय संघसस्थाको समन्वयमा नियमित साधारणसभाको परिपाटी बनाउनु जरुरी छ । अन्ततः बालक्लबको लागि आवश्यक न्यूनोतम आर्थिक र स्टेशनरी सामाग्री प्रत्येक गाबिस÷नगरपालिकासँग जिवाकसले छुट्टै सहमति गरी स्थानिक बिकास कोषबाट केही नियमित सहयोग हुने वातावरण बनाउन सकेमा यो बालक्लबको दिगो र प्रभावकारी बिकासको लागि कोशेढुङ्गा हुनसक्छ ।
No comments:
Post a Comment